यी हुन् ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला, ६ जिल्ला ‘ग्रीन जोन’मा « Khabarhub

यी हुन् ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला, ६ जिल्ला ‘ग्रीन जोन’मा


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका १२ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेको जानकारी दिएका हुन् ।

५०० भन्दा बढी संक्रमित रहेका १२ जिल्ला

काठमाडौं
ललितपुर
पर्सा
महोत्तरी
रौतहट
मोरङ
बारा
सर्लाही
धनुषा
चितवन
रुपन्देही
सुनसरी

त्यस्तै ६ जिल्लामा हाल सक्रिय संक्रमित नरहेको प्रवक्ता गौतमले जानकारी दिए। ती जिल्लामा सबै कोरोना सक्रमितहरु निको भएर घर गएको प्रवक्ता गौतमले जानकारी दिएका हुन् ।

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला

मुस्ताङ
हुम्ला
मुगु
डोल्पा
सोलुखुम्बु
ताप्लेजुङ

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो हालसम्मकै सर्वाधिक संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ३४ बजे

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ