नेपाल-भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट छ : भारतीय विदेश मन्त्री श्रृंगला | Khabarhub Khabarhub

नेपाल-भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट छ : भारतीय विदेश मन्त्री श्रृंगला


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध संस्थागत रुपमै विशिष्ट रहेको जनाएका छन् ।

शुक्रबार भारतको विश्व सम्बन्ध परिषदद्वारा आयोजित सेमिनारलाई सम्बोधन गर्दै उनले बेलाबेलामा राजनीतिक रुपमा उतार चढाव आएपनि नेपालसँगको सम्बन्ध विशिष्ट रहेको र निरन्तर अघि बढ्ने बताएका हुन् ।

‘नेपाल र भारतको सम्बन्ध जनस्तरको हो । कोभिड– १९ को महामारीबीच व्यापार, आपूर्ति निरन्तर भइरहेको छ । हाम्रो परिवर्तन नहुने सम्बन्ध हो । वेलावेलामा राजनीतिक उतारचढाब भए पनि सम्बन्ध निरन्तर अघि बढ्छ,’ विदेशसचिव श्रृंगलाले भने ।

उनले नेपाल–भारत सीमावार्ताका बारेमा भने केही बोलेनन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो कार्यकालमा चारपटक नेपाल भ्रमण गरेको दृष्टान्त प्रस्तुत गरेका थिए ।

विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विदेश मामिलाविज्ञहरूले श्रृंगलालाई नेपाल र श्रीलंकाको नामै लिएर छिमेकमा भारतको सम्बन्ध किन बिग्रेको भन्ने प्रश्न गरेका थिए ।

जवाफमा उनले खुला सिमाना, सांस्कृतिक सभ्यता लगायतले नेपाल–भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट छ । राजनीतिक उतारचढाब हुँदा सरकारहरूबीच सवालजवाफ हुने गरेको बताए।

कोभिड– १९ को महामारीबीच नेपाललाई भारतले टेस्ट किट्सलगायतका औषधिजन्य सामग्री सहयोग गरेको पनि विदेश सचिव श्रृंगलाले बताए ।

उनले नेपाल, बंगलादेश, भुटानमा आपूर्ति निर्वाध भइरहेको र छिमेकीहरूसँग संवाद भइरहेको पनि उल्लेख गरे ।

उनले भारतको विकास सहायताको करिब ३५ प्रतिशत छिमेकी देशहरूमा जाने गरेको र समुदायलाई समेत सहयोग पुग्ने गरी भारतले सहयोग दिँदै आएको पनि बताए ।

कोरोना महामारीको यस विषम परिस्थितिमा छिमेकी मुलुकका लागि भारत पहिलो उद्धारकर्ता मात्र नभएर सुरक्षाका लागि भरोसायोग्य मुलुकसमेत भएको विदेशसचिव श्रृंगलाको भनाइ थियो ।

कोभिड– १९ विरुद्ध खोप उत्पादन भएको अवस्थामा भारतले छिमेकी देशहरूलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

यसैबीच भारतीय विदेशसचिव श्रृंगलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को वैकल्पिक संयन्त्रको रूपमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) स्थापित भएको पनि जिकिर गरे ।

बिमस्टेकले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : ५४ बजे

कर्णाली सरकारले तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई

दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौं–  सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई-मधेसमा सम्भावित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४

आयोगको टोलीले हिरासतमा भेट्यो प्रसाईंलाई, मानवअधिकारको सम्मान गर्न सरकालाई आग्रह

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईं पक्राउ प्रकरणमा अनुगमन,