ललितपुरमा कर्फ्यु हट्यो, रथ रहेको आसपासका क्षेत्रमा भेला निषेध  « Khabarhub

ललितपुरमा कर्फ्यु हट्यो, रथ रहेको आसपासका क्षेत्रमा भेला निषेध 


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको रिङरोड भित्रको क्षेत्रमा लगाइएको कफर्यु हटेको छ । आज राति १० बजेबाट कर्फ्यु हटाइएको हो ।

हिजो मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरुलाई रोक्न खोज्दा प्रहरीसँगको झडपपछि स्थिति अनियन्त्रित हुन नदिन कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्यु हटेपनि मच्छिन्द्रनाथको रथ राखिएको वरपरको क्षेत्रमा भने कडाइ गरिने भएको छ ।

उक्त क्षेत्रबाट मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिमतर्फ ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक, उत्तर बखुण्डोल चोक, मिननाथको रथ रहेको आसपासको क्षेत्रमा पाँचजना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

भोलिबाट लागू हुने गरी २६ भाद्रसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा भनिएको छ ।

जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : २३ बजे

लगातारको वर्षापछि सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार