सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता « Khabarhub

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानको सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच  करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए ।

सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा शनिबार भेला भएका थिए ।

दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले भने, ‘आज हामीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छौँ । हाम्रो लक्ष्य पूरा भएको छ ।’

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि सङ्क्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।

यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले नै सम्झौता गरिसकेका छन् । अझै दुई वटा समूहले भने सम्झौतामा सहभागिता जनाएका छैनन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ५७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को