मोरङ र लमजुङमा दुर्घटना, २ को मृत्यु, ९ जना घाइते « Khabarhub

मोरङ र लमजुङमा दुर्घटना, २ को मृत्यु, ९ जना घाइते


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र लमजुङमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका तावाहाङको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति साढे ९ बजेतिर बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए ।

मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँ फरार छन् ।

मोरङकै बेलबारी नगरपालिका–१० भाउन्नेमा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५०७९ नम्बरको बस आफै अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका–२ का २४ वर्षीय रमेश न्यौपाने, २२ वर्षीया सुमी न्यौपाने, झापा बिर्तामोड–४ का ३५ वर्षीय विनेश खड्का, सुनसरी कुसाहाकी ४२ वर्षीया ललिमाया खातुन र झापा दमककी ४५ वर्षीया आस्मामाया घाइते भएका छन् ।

घाइतेमध्ये रमेश, सुमी र विनेशको अवस्था गम्भीर । उनीहरुको न्यूरो अस्पताल विरानगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै लमजुङको बेंसीशहरमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

बेंसीशहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको मिनीबस शनिबार राति ८ बजे बेसीशहर १ उदीपुर बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा बेंसीशहर १ धिमिरेका २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : २५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका