खतरनाक हुनसक्छ परफ्युमको प्रयोग | Khabarhub Khabarhub

खतरनाक हुनसक्छ परफ्युमको प्रयोग


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै कार्यक्रम वा कार्यालयमा जानु अघि अर्थात विशेषत घर बाहिर निस्कनुअघि कतिपय मानिस परफ्युमको प्रयोग गर्छन् । शरीर तथा कपडाबाट आउने दुर्गन्ध नियन्त्रण गर्न समेत यसको प्रयोग गरीन्छ ।

परफ्युमको प्रयोगले व्यक्तित्वमा सकारात्मक प्रभाव पार्दछ । तर कतिपय अवस्थामा भने यसको गलत प्रयोगले स्वास्थ्यमा हानि पुग्न सक्छ । परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा लगाए यसले हानि पुर्याउँछ । शरीरका संवेदशील अंगमा केमिकलयुक्त परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ । तसर्थ निम्न अवस्थामा परफ्युमको प्रयोग गर्दा सर्तक रहनुहोला ।

१. परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर सुँघ्ने बानी नगर्नुहोला । यसले स्वास्थ्यमा असर पार्दछ । बरु यसको सट्टा नाडीमा प्रयोग गरे यसले स्वास्थ्यमा असर पार्दैन साथै दिनभरी टिकाउ समेत हुन्छ ।

२. कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने बानी हुन्छ । तर यस्तो बानी कपाललाई खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुनाले कपाल सुख्खा हुने र टुक्रिने गर्दछ ।

३. कानपछाडि परफ्युमको प्रयोग गर्नु हुदैन । कान अति संवेदनशील भाग भएकाले परफ्युममा भएको केमिकल र अल्कोहलले यस भागको छाला सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनु नै छ भने मोस्चराइजरको प्रयोग गर्नु होला ।

४. नुहाएपछि शरीर पुछेर परफ्युमको प्रयोग गर्नु होला । यदि लामो समयसम्म परफ्युम रहोस् भन्ने चाहाना भए तातो पानीले नुहाउनुहोस् । यसले छालाका छिद« खुलाउँछ । र त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ ।

५. छोटो कपडा लगाएर बाहिर जाने तयारीमा हुनुहुन्छ भने तिघ्राको बिचमा परफ्युम लगाउँनु हुदैन । यसले उक्त भागमा हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ४१ बजे

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम