खतरनाक हुनसक्छ परफ्युमको प्रयोग « Khabarhub

खतरनाक हुनसक्छ परफ्युमको प्रयोग


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै कार्यक्रम वा कार्यालयमा जानु अघि अर्थात विशेषत घर बाहिर निस्कनुअघि कतिपय मानिस परफ्युमको प्रयोग गर्छन् । शरीर तथा कपडाबाट आउने दुर्गन्ध नियन्त्रण गर्न समेत यसको प्रयोग गरीन्छ ।

परफ्युमको प्रयोगले व्यक्तित्वमा सकारात्मक प्रभाव पार्दछ । तर कतिपय अवस्थामा भने यसको गलत प्रयोगले स्वास्थ्यमा हानि पुग्न सक्छ । परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा लगाए यसले हानि पुर्याउँछ । शरीरका संवेदशील अंगमा केमिकलयुक्त परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ । तसर्थ निम्न अवस्थामा परफ्युमको प्रयोग गर्दा सर्तक रहनुहोला ।

१. परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर सुँघ्ने बानी नगर्नुहोला । यसले स्वास्थ्यमा असर पार्दछ । बरु यसको सट्टा नाडीमा प्रयोग गरे यसले स्वास्थ्यमा असर पार्दैन साथै दिनभरी टिकाउ समेत हुन्छ ।

२. कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने बानी हुन्छ । तर यस्तो बानी कपाललाई खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुनाले कपाल सुख्खा हुने र टुक्रिने गर्दछ ।

३. कानपछाडि परफ्युमको प्रयोग गर्नु हुदैन । कान अति संवेदनशील भाग भएकाले परफ्युममा भएको केमिकल र अल्कोहलले यस भागको छाला सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनु नै छ भने मोस्चराइजरको प्रयोग गर्नु होला ।

४. नुहाएपछि शरीर पुछेर परफ्युमको प्रयोग गर्नु होला । यदि लामो समयसम्म परफ्युम रहोस् भन्ने चाहाना भए तातो पानीले नुहाउनुहोस् । यसले छालाका छिद« खुलाउँछ । र त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ ।

५. छोटो कपडा लगाएर बाहिर जाने तयारीमा हुनुहुन्छ भने तिघ्राको बिचमा परफ्युम लगाउँनु हुदैन । यसले उक्त भागमा हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ४१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर