बाढीपहिरोबाट १० को मृत्यु, २५ घर विस्थापित « Khabarhub

बाढीपहिरोबाट १० को मृत्यु, २५ घर विस्थापित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– यस वर्षको मनसुन शुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए । मनसुन शुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा नौ जनाको ज्यान गएको थियो ।

जेठ ३१ राति पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको थियो । पहिरोले तीन घरमा प्रत्यक्ष असर गरेकामा कमला विक र तुलबहादुरको घरपरिवारका सबैको ज्यान गएको थियो ।

त्यस्तै भदौ २९ गते फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको ज्यान गएको छ ।

घरमाथिबाट आएको पहिरोले मुडिकुबाका इन्द्रजित विकको घर पुरिँदा उहाँकी तीन वर्षीया नातिनी ऋतिका विकको मृत्यु भएको थियो । पहिरोमा परी ऋतिकाकी आमा सेती विक र अन्य दुई जना सामान्य घाइते भएका थिए ।

पहिरोमा परी जिल्लाभर झण्डै २५ घर पूर्णरूपमा विस्थापित बनेका छन् भने १०० भन्दा बढी घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

जसमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैँयु गाउँपालिका र जलजला गाउँपालिकाका निजी घर पहिराले क्षति पुर्‍याउनुका साथै बस्ती जोखिममा छन् । पहिराका कारण कुश्मा नगरपालिका खुर्कोटमा ५० घरधुरी र फलेवास नगरपालिका कुर्घालगायत २५ वडाका केही घरधुरी जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने प्रजिअ रेग्मीले बताए ।

प्रजिअ रेग्मीका अनुसार जिल्लाका जोखिमयुक्त ठाउँ र जिल्लामा विपद्बाट पुगेको क्षतिका बारेमा विपद् व्यवस्थापन समितिको बैठक बसी मन्त्रालयमा पठाइसकिएको छ ।

जेठयता जिल्लामा हालसम्म बाढीपहिरोबाट ज्यान गुमाएका तथा आवासविहीन बनेका परिवारलाई गरी रु १९ लाख ९३ हजार राहत वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रका पर्वतका लेखापाल यामनाथ पौडेलका अनुसार घर पूर्ण क्षतिमा परेर विस्थापित बनेका २५ परिवारका लागि एकमुष्ट रु आठ लाख ९१ हजार, पहिरोबाट ज्यान गुमाएका मृतक परिवारलाई एकमुष्ट रु ११ लाख राहत वितरण भएको छ ।

उनका अनुसार गण्डकी प्रदेश सरकारबाट प्रतिमृतक व्यक्तिलाई रु ५० हजारका दरले रु पाँच लाख वितरण भएको छ । ढीपहिरोपीडितलाई अन्य सामाजिक सङ्घसंस्थाबाट पनि सहयोग सामग्री प्राप्त भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ११ : ५५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका