फलफूलको मूल्यमा व्यापारीको मनोमानी, उपभोक्ता मारमा « Khabarhub

फलफूलको मूल्यमा व्यापारीको मनोमानी, उपभोक्ता मारमा



काठमाडौँ– कुलेश्वर फलफूल बजारको स्टल ७ मा तिवारी फ्रुट सेन्टर छ । यस सेन्टरमा स्टल १५ को कृषि फ्रुट सेन्टरबाट असोज १३ र १४ गते क्रमशः ८१ हजार ९ सय र ८७ हजार ३ सय ६० रुपैयाँ मूल्यका फलफूल पठाइयो । यो विवरण उनीहरुले कागजको पानामा टिपे तर बिल बनाएनन् ।

बजारको नन्द फ्रुटले २०७४ सालमा आय कर ५ हजार बुझायो । कसैले माग्दा उनले अहिले देखाउने कागज त्यही हो ।

बजारमा मूल्य सूची अद्यावधिक छैन । खरिद बिक्री बिल जारी छैन । एकजनाका नाममा पसल दर्ता गरेर अरुले नै चलाइरहेका छन् ।

त्यहाँ १६२ सटरमा व्यापार चलेको छ । तीमध्ये केही सटर कृषि सामाग्री व्यापार लिमिटेडका हुन् भने अन्य निजी क्षेत्रले निर्माण गरेका हुन् ।

निजी क्षेत्रबाट निर्माण भएका सटरको मासिक भाडा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म र कृषि सामाग्री व्यापार लिमिटेडका सटरको भाडा न्युनतम ४८ हजार देखि अधिकतम ६० हजार रुपैयाँसम्म छ ।

काठमाडौँका फलफूल पसलमा अहिले भारतीय स्याउको मूल्य २ सयदेखि २५० रुपैयाँसम्म छ ।

यो स्याउ कुलेश्वर फलफूल बजारमा आउँदा प्रतिकिलो १२० रुपैयाँमा आइपुग्छ । कुलेश्वरमा यही स्याउको मूल्य १८० देखि १९० रुपैयाँसम्म पनि पर्थ्यो।

त्यतिबेला लगेको स्याउ बिक्री गर्दा खुद्रा व्यापारीले जुन मुल्यमा बेचेका थिए । अहिले भाउ घटेका बेला पनि उही मूल्यमा बेचिरहेका छन् ।

खुद्रा व्यापार गर्नेको खरिद मूल्य कसले सोध्ने ? थाहै नपाइ उपभोक्ताले खुरुखुरु बढी मुल्य तिरिरहेका छन् । व्यापारीले जति भन्यो फलफूलको मूल्य उत्ति नै हो ।

फलफूल व्यापारीको संघ, नेपाल फलफूल थोक व्यवसायी संघकाअनुसार त्यस क्षेत्रमा दैनिक करिब ५० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको व्यापार हुन्छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कुलेश्वरमा रहेको फलफूल बजारमा अनुगमन गरेपछि देखिएको यो अवस्थापछि प्रतिक्रिया दिँदै कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्छन्, ‘फलफूलको मूल्य निर्धारण गर्ने आधार कागज देखिएन ।’

उनले भने, ‘दर्ता नवीकरण, खरिदबिक्री बिल कसैले देखाउन सकेनन् । बिल माग्दा कसैले मेरो अडिटरसँग छ भने अनि कसैले घरमा। अवस्था सुधारका लागि हामीले समितिमार्फत अनुरोध गरेका छौं ।’

गल्ती भएकै हो । यसलाई सुधार गर्ने प्रयास गर्छौ । अनुगमनपछिको प्रतिक्रियामा नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले भने, ‘मुलदेखि सुधारको प्रयास गरौं । हामी सुधारिन्छौं । यो मुल भनेको के हो ? त्यो चाहिँ उनले खुलाएनन् ।’

फलफूलको थोक र खुद्रा पसलमा कति मूल्य फरक छ ? छुट्याउने आधार भएन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्, ‘व्यापारीले जति भन्यो उति मूल्य तिर्नुबाहेक उपभोक्तासँग बिकल्प छैन, यहाँ ठूलो ठगी भइरहेको छ ।’

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : १२ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन