बुहारीलाई गाली गर्ने पूर्वडिएसपी खड्कालाई ५० हजार जरिवाना | Khabarhub Khabarhub

बुहारीलाई गाली गर्ने पूर्वडिएसपी खड्कालाई ५० हजार जरिवाना


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका पूर्वडिएसपी कृष्ण खड्कालाई जिल्ला अदालत काठमाडौँले साईबर अपराध मुद्दामा ५० हजार जरीवाना हुने फैसला गरेको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेका हुन्।

विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन–०३३ को दफा ४७ ९१० विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ ।

खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी भाइबुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएको उजुरीपछि महानगरीय अपराध महाशाखाले उनलाई २०७५ असोजमा पक्राउ गरेको थियो । उनी असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ४८ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून