बुटवलमा निषेधाज्ञा : कतै सुनसान, कतै टायर बालेर प्रदर्शन [फोटो फिचर] « Khabarhub

बुटवलमा निषेधाज्ञा : कतै सुनसान, कतै टायर बालेर प्रदर्शन [फोटो फिचर]



बुटवल – प्रदेश ५ को राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको सिफारिसपछि बुटवलमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी दाङको देउखुरीमा राख्ने प्रस्ताव गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

स्थानीयले भने उक्त प्रस्ताव प्रदेश सभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी राजधानी तोक्न माग गरेका छन् ।

प्रदेश सरकारले बुटवलका केही स्थानहरुमा असोज २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरे पनि आइतवार बुटवलका विभिन्न स्थानहरूमा विरोध प्रदर्शनहरु भए । विरोधका क्रममा स्थानीयले सडकका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारविरोधी प्रदर्शनहरु गरे । विभिन्न संघसंस्थाले बुटवलमा आज १८ गते बुटवल बन्दको आयोजना गरेका थिए । स्थानीय युवाहरूले बुटवलमा खुला गरिएका पसलहरू बन्द गराउँदै हिँडेका थिए ।

प्रदेश सरकारले जारी गरेको निषेधाज्ञाका कारण ठूलो संख्यामा प्रदर्शनकारीको भीड भने भएन ।

तस्वीरहरुमा हेर्नुहोस्ः

टायर बालेर विरोध जनाउँदै स्थानीयहरू । उनीहरूले सडकमा सवारी आवतजावतमा पनि अवरोध पुर्‍याएका थिए ।

विरोधमा उत्रिएका स्थानीयहरू ।

निषेधाज्ञाका कारण खुला सडकमा साइकल चलाउँदै ।

विरोधस्वरुप बालिएको टायरको धुवाँ र प्रहरीहरू ।

सुनसान सडक । बुटवलमा लकडाउन खुलेसँगै जनजीवन सामान्य बनेको थियो । पसलहरू खोलिएका थिए ।


पसल बन्द गराउँदै हिँडेका युवाहरू ।

अटोरिक्सामा नेपाल बन्द गर्न आह्वान गरिँदै । विभिन्न संघसंस्थाले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

निषेधाज्ञा क्षेत्रतर्फ गइरहेकालाई नजान सुझाउँदै ट्राफिक प्रहरी ।

सरकारी कार्यालयअघि सुरक्षा दिँदै सुरक्षाकर्मी ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया