प्रवीण भट्टराईको कविता: थ्री नट थ्री राइफल « Khabarhub

प्रवीण भट्टराईको कविता: थ्री नट थ्री राइफल


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कैयौं रिकुटेहरूको बीचमा
टाढैबाट छुट्टै देखिने
अनि चिनिने गरी
ठिङ्ग उभिएको छु
सतिसालझैं ढाल बनेर
म अर्थात्
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

म एक्लै उभिएको छु
आफ्नै बलमा
आफ्नै जमिनमा
एउटा लक्ष्मण रेखा कोरेर
र यो पनि भन्दैछु
मेरो सीमा तिमी ननाघ
म पनि तिम्रो सीमा नाघ्दिनँ
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

तिमीलाई थाहा छ
म अनवरत प्रयोगमा छु
कहिले
बेमौसमी जुलुस भगाउन
कहिले आफ्नै बीचमा
आत्म विश्वासको साहस जगाउन
एक्लै डटिरहेको छु
अनवरत खटिरहेको छु
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

सहेको छु खुशीसाथ
घाम, झरी र मुसलधारे पानी
रोएर पनि खपेको छु
मुटु कमाउने जाडो
पार गरेको छु सहजै
कैयौ माईल यात्रा
तुसारोमा खाली खुट्टा हिँडेर
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

राइफल पुरानो हो
खिया लागेको पनि हुनसक्छ
तर
थ्री नट थ्री राइफलको
एउटै विशेषता दामे हुन्छ
अलिकति तेल लगाएर
खियाँ सफा गरेपछि
यसले काम गर्छ
अनि आफ्ना र शत्रुलाई चिन्छ
मित्र देख्दा जति ट्रिगर थिचे पनि
पड्कदै पड्कँदैन
शत्रु देख्दा गडगडाएर पडकन्छ
त्यसैले त
थ्री नट थ्री राइफल
जति पुरानो भएर पनि
आजसम्म चलेकै छ
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : १५ बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध