फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए « Khabarhub

फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् ।

फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् ।

उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो ।

यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् ।

फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गरेका छन् । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गरेका थिए ।

गत अगष्टमा सैनिक बलमा तत्कालीन राष्ट्रपतिलाई अपदस्थ गरिएयता माली भ्रमणमा पुगेका रक्षामन्त्री पार्लीले जतिसक्दो चाँडो निर्वाचन गर्न पनि संक्रमणकालीन सरकार समक्ष आग्रह गरेका छन् ।

मालीमा विद्रोहीलाई नियन्त्रणमा ल्याउन हजारौं फ्रान्सेली सैनिक तैनाथ छन् । सन् २०१३ मा फ्रान्सले गरेको सैनिक कारबाहीबाट इस्लामिक अतिवादी विद्रोहीलाई सत्ताच्यूत भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ०२ बजे

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौं– काठमाडौंका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि

रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत्