आईपीएलको प्ले अफ समीकरण पूरा « Khabarhub

आईपीएलको प्ले अफ समीकरण पूरा


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईपीएलको प्ले अफ समीकरण पूरा भएको छ ।

मंगलबार राति शीर्ष चारभित्र पर्ने अन्तिम टोलीको टुंगो लागेसँगै प्ले अफ समीकरण पूरा भएको हो । मंगलबारको खेलमा हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्‍यो ।

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो ।

हैदराबादसँग पराजित भए पनि मुम्बई शीर्ष स्थानमा यथावत छ । मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो ।

पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ । क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ ।

पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : ४० बजे

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन