पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणले निधन « Khabarhub

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणले निधन


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणले निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६:२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

माइस्थेनिया नामक रोगबाट पनि १० वर्षदेखि पीडित महराको नर्भिक अस्पतालमा १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बिहान निधन भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : २५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ