सुनसरीमा दुईसहित थप पाँच संक्रमितको मृत्यु « Khabarhub

सुनसरीमा दुईसहित थप पाँच संक्रमितको मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी, चितवन, बुटवल र काठमाडौँमा गरी थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया वृद्धा छन् । इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिकाको बुधबार बिहान ३:२५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

बालिकालाई गत सोमबार कोरोना पुष्टि भएको थियो । मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकी उनको २४ घण्टा बित्न नपाउँदै मृत्यु भएको हो ।

यस्तै धरान उपमहानगरपालिका –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

उनलाई उपचारका लागि कात्तिक ५ गते प्रतिष्ठान भर्ना गरिएकोमा आज बिहान ३:१५ बजेतिर मृत्यु भएको डा. श्रेष्ठले बताए ।

चितवनमा पनि कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित ती महिलाको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको हो । ती महिलामा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वुटवलमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका- ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको पनि कोरोना संक्रमणले निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६:२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

माइस्थेनिया नामक रोगबाट पनि १० वर्षदेखि पीडित महराको नर्भिक अस्पतालमा १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बिहान निधन भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ३९ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा