सडकमा कोरोनाको असर : ५० प्रतिशत सार्वजनिक सवारी सञ्चालन | Khabarhub Khabarhub

सडकमा कोरोनाको असर : ५० प्रतिशत सार्वजनिक सवारी सञ्चालन

केन्द्रदेखि स्थानीय तहसम्म सवारी सञ्चालन भइरहेको विभागको दावी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ महिना लामो लकडाउन पछि सरकारले गत महिनाको असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दियो ।

सडकमा सार्वजनिक यातायात सञ्चालन भएको डेढ महिना बित्दा पनि आधामात्रै सवारी साधन सञ्चालनमा आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हाल ५० प्रतिशत सवारीसाधन सञ्चालन भइरहेको जनाएको छ ।

विगतका वर्षहरुमा दशैँमा यात्रुका लागि विभिन्न रुटमा सार्वजनिक यातायात थप्नुपर्ने स्थिति हुन्थ्यो भने यस वर्ष कोभिडका कारण अधिकांश सडक सुनसान नै भएको महासंघका महासचिव सरोज सिटौलाले खबरहबलाई जानकारी दिए ।

कोभिड संक्रमणको जोखिम मोल्दै केन्द्रदेखि स्थानीय तहसम्म विस्तारै बसहरु सञ्चालनमा आउन थालेका छन् ।

‘सरकारले स्वास्थ्य सम्बन्धी प्रष्ट कुरा गर्न नसक्दा सार्वजनिक यातायात सञ्चालनमा आनाकानी भइरहेको छ’ उनले भने, ‘कहिले कता निषेधाज्ञा भनेको छ, कता लकडाउन भनेको छ, यस्तो कुराले यातायात व्यवसायीहरुलाई पनि निरुत्साहित बनाएको छ ।’

त्यसो त यस वर्ष कोभिड संक्रमणको त्रासले गत वर्षहरुमा झैं दशैँमा पनि यात्रा गर्नेको संख्या न्युन थियो । यात्रा गर्नेहरुमा पनि प्रायः निजी सवारीका साधनहरु प्रयोजनमा आएका कारण सार्वजनिक यातायातमा यात्रा गर्नेको संख्यामा कमी आएको बताउँछन् सिटौला ।

यातायात व्यवस्था विभागले दिएको जानकारीअनुसार अहिले केन्द्रदेखि स्थानीय तहसम्म सार्वजनिक यातायातका साधन सञ्चालन भइरहेका छन् । असोजबाट सञ्चालनमा आएका लामो, मध्यम र छोटो दुरीका सार्वजनिक यातयात अहिले निरन्तर सञ्चालनमा रहेको विभागका सुचना अधिकारी लोकनाथ भुसालले खबरहबलाई जानकारी दिए ।

उनले कोभिड १९ का समयमा सवारीसाधन सञ्चालन भइरहँदा स्वास्थ्य सम्बन्धी मापदण्ड समेत पालना भइरहेको बताए ।

त्यस्तै बस सञ्चालन हुनुपूर्व सार्वजनिक सवारी साधनको हकमा सम्बन्धित यातायात व्यवसायीहरुले यातायात चालक र सहचालकको कोरोना परीक्षण गराएर मात्र सञ्चालन गर्ने भनिएको थियो । तर हालसम्म यो काम कार्यान्वयन हुन सकेको छैन ।

भुसाल भन्छन्, ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई विभागले पत्र लेखिसकेको छ, त्यहीअनुसार कोभिड परीक्षण गराउने र कोभिड १९ अवधिभरका लागि विभागले स्वास्थ्य सम्बन्धी मापदण्ड पनि जारी गरिएको थियो ।’

‘मास्क, भाइजर स्यानीजाइजर लगायतका साधनहरुको अनिवार्य रुपमा प्रयोग गरेर यातायात सञ्चालन गर्न निर्देशन दिएका थियौं, त्यो कार्यान्वयन भए नभएको बारे विभागले अनुगमन पनि गरिरहेको छ’ उनले भने ।

यातायात व्यवसायीहरुले चालक र सहचालकलाई नेपाल सरकारले तोकेका अस्पतालहरुमा कोरोना परीक्षण गराउन पर्ने उनको भनाइ छ ।

कोभिडसँग जुधेरै पनि काम गर्न तयार छौं !

नेपालमा अहिले कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

काठमाडौं उपत्यकामा २ देखि ३ हजारको संख्यामा नयाँ संक्रमितहरु फेला पर्ने गरेका छन् ।

यसरी कोभिडको हटस्पट बनेको काठमाडौँबाट चाडपर्वमा यात्रु बोकेर आवतजावत गर्ने चालक सहचालक भने कोभिडको डर नभएको बताउँछन् ।

‘कोरोनाबाट कति बेला संक्रमित होइन्छ थाहै छैन परीक्षण गराउन पनि आफ्नै खर्चमा गराउनुपर्छ त्यसैले सामान्य रुघाखोकी र ज्वरो आइहालेमा तातो पानी पिउने र यात्रा गर्ने गरिरहेका छौं’ चालक दिनेश कार्कीले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ११ : २० बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र