अमेरिकी राष्ट्रपतीय चुनाव – ट्रम्प र बाइडेन दुवैको जित्ने दाबी | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतीय चुनाव – ट्रम्प र बाइडेन दुवैको जित्ने दाबी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपतीय चुनावको अहिले मतगणना भइरहेको छ । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २२३ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले २१३ मत प्राप्त गरेका छन्।

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।

योसँगै दुवै उम्मेद्वारले यो चुनाव आफूले जित्ने दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जसरी पनि चुनाव जित्ने दाबी गरेका छन् ।

No description available.

त्यस्तै डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले पनि यसपटकको चुनाव आफूले जित्ने दाबी गरेका छन् । उनले यो लामो प्रकिया भएपनि नजिता आफ्नै पक्षमा आउने दाबी गरेका छन् । आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले आफू जितको बाटोमा रहेको बताएका हुन् । उनले भनेका छन्, “जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन ।”

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ०६ बजे

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे