पाकिस्तानी जासुसीको आशंकामा कश्मीरमा परेवा पक्राउ | Khabarhub Khabarhub

पाकिस्तानी जासुसीको आशंकामा कश्मीरमा परेवा पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको कश्मीरमा भेटिएको एक परेवा पाकिस्तानी जासुस हुनसक्ने आशंकामा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

कश्मीरको कटुवा जिल्लास्थित गीतादेवीको घरमा भेटिएको परेवा प्रहरीलाई जिम्मा लगाइएको हो ।

उक्त परेवा मे २४ मा गीतादेवीको घरमा पसेको थियो । परेवाको खुट्टामा रातो रंग पोतिएको छ भने नम्बर लेखिएको एउटा रिङ पनि लगाइएको छ ।

कटुवा प्रहरीका सिनियर सुपरिटेन्डेन्ट शैलेन्द्र कुमार मिश्रले स्थानीयले यो परेवालाई कब्जामा लिएर प्रहरीलाई बुझाएको र यसबारेमा अनुसन्धान भइरहेको बताए ।

द टेलिग्रामसँगको कुराकानीमा उनले परेवालाई हिरासतमा राख्ने बताए ।

यसअघि पनि अर्को एक परेवालाई जासुसका आधारमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । पछि उक्त परेवाको एक्सरे गर्दा कुनै शंकास्पद वस्तु भेटिएको थिएन ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ३७ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि