अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेनको अग्रता साघुरिँदै « Khabarhub

अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेनको अग्रता साघुरिँदै

आफैँले जित्ने दुबैको दाबी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनावको मत परिणाम आउने क्रम जारी छ ।

मतदान सकिएसँगै आउन थालेका मतपरिणामको ताजा अवस्थामा बाइडेनको अग्रता साघुरिँदै गएको छ ।

प्रतिस्पर्धी बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई सुरूवातमा धेरै पछि पारेका बाइडेन यो समाचार तयार पार्दासम्म २५ इलेक्ट्रोरल मतले मात्र अघि छन् ।

डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २३८ इलेक्ट्रोरल मत प्राप्त गर्दा ट्रम्पले २१३ इलेक्ट्रोरल मत प्राप्त गरेको फक्स न्यूजले जनाएको छ ।

इलेक्टरल मतका हिसाबले दोस्रो ठूलो राज्य टेक्ससमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएपछि उनले बाइडनसँगको अन्तर घटाएका हुन् । टेक्ससमा ३८ इलेक्टरल मत छ । ताजा नतिजामा रोड आइल्यान्डमा बाइडन र आइओवामा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ।

महत्वपूर्ण मानिएको राज्य फ्लोरिडामा ट्रम्पले जित हासिल गरेको बीबीसीले जनाएको छ । उक्त राज्यमा ट्रम्पले दोस्रोपटक जित हासिल गरेका हुन् ।

रिपब्लिकनहरुको बर्चस्व रहेको उक्त राज्यमा ट्रम्प पराजित भएको भए राष्ट्रपतिमा पुनः विजयी हुने बाटो बन्द हुन सक्ने आकलन गरिएको थियो ।

अघिल्लो निर्वाचनमा पनि ट्रम्पले जितेको फ्लोरिडामा २९ इलेक्टोरल मत छ।

फ्लोरिडामा सन् २००८ र २०१२ को निर्वाचनमा डेमोक्र्याट बाराक ओबामाले जितेका थिए।

त्यस्तै १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जितेका छन् । १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडनले जित्ने प्रक्षेपण गरिएको छ।

यी सबैमा गत निर्वाचनमा पनि दलगत उस्तै नतिजा आएको थियो।

कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ ।

यी हुन् निर्णायक राज्य

यो चुनावमा सबैभन्दा धेरै इलोक्ट्रोल भोट ५५ रहेको राज्य क्यालिफोर्नियासहित फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ ।

यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ ।

कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उम्मेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् ।

कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण छन् ।

सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ ।

सात वटा राज्यबाट तीन/तीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।

आफैँले जित्ने दुबैको दाबी

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जसरी पनि चुनाव जित्ने दाबी गरेका छन् ।

डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरेकोसमेत उनले आरोप लगाएका छन् । मतगणना सकिएपछि जितको खुसीयालीसहित आफूले सम्बोधन गर्ने पनि उनले बताएका छन् ।

‘गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन । मतदानस्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,’ ट्रम्पले भने ।

त्यस्तै डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले पनि यसपटकको चुनाव आफूले जित्ने दाबी गरेका छन् ।

उनले यो लामो प्रकिया भएपनि नजिता आफ्नै पक्षमा आउने दाबी गरेका छन् । आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले आफू जितको बाटोमा रहेको बताएका हुन् । उनले भनेका छन्, ‘जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन ।’

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ५३ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको