फ्लोरिडामा ट्रम्प विजयी « Khabarhub

फ्लोरिडामा ट्रम्प विजयी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा– फ्लोरिडामा डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गरेका छन्।

फ्लोरिडामा डेमोक्र्याटिक पार्टीका माइकल ब्लुमबर्ग लगायतका धनाढ्य व्यापारीहरूले करोडौँ डलर चुनावी प्रचारप्रसारका क्रममा खर्च गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए।

फ्लोरिडा डोनल्ड ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ। उनले परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा ल्याउन सके भने जो बाइडनको समर्थन रहेको ठानिने हिस्पानिक मूलका मतदाताहरूबाट समेत उनी आफ्नो पक्षमा मत प्राप्त गर्न सफल रहेका देखिएको छ।

फ्लोरिडाको जितपछि ट्रम्पले आफ्नो पुन:निर्वाचनका लागि पहिलो ठूलो अवरोध पार गरेका छन्।

यसबाट कम्तीमा पनि यो राज्यमा निर्वाचनअघि विभिन्न मत सर्वेक्षणहरूले बाइडनको पक्षमा मतदाताको झुकाव रहेको देखाएका नतिजाहरू पूर्ण रूपमा विश्वसनीय नरहेको देखिएको छ।

अब ट्रम्पले औद्योगिक “मिडवेस्ट” भनिने राज्यहरूमा अझै पनि आफ्नो प्रभाव कायम रहेको भन्ने देखाउनुपर्नेछ जुन कारणले सन् २०१६ मा उनी राष्ट्रपतिमा निर्वाचित हुन सकेका थिए।

उनले नोर्थ क्यारलाइना र एरिजोनाजस्ता स्थामा पनि जित हासिल गर्नुपर्नेछ। त्यहाँ जो बाइडनले पनि इलेक्टरल कलेजमा जित हासिल गर्न सक्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ०१ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम