फ्लोरिडामा ट्रम्प विजयी | Khabarhub Khabarhub

फ्लोरिडामा ट्रम्प विजयी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा– फ्लोरिडामा डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गरेका छन्।

फ्लोरिडामा डेमोक्र्याटिक पार्टीका माइकल ब्लुमबर्ग लगायतका धनाढ्य व्यापारीहरूले करोडौँ डलर चुनावी प्रचारप्रसारका क्रममा खर्च गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए।

फ्लोरिडा डोनल्ड ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ। उनले परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा ल्याउन सके भने जो बाइडनको समर्थन रहेको ठानिने हिस्पानिक मूलका मतदाताहरूबाट समेत उनी आफ्नो पक्षमा मत प्राप्त गर्न सफल रहेका देखिएको छ।

फ्लोरिडाको जितपछि ट्रम्पले आफ्नो पुन:निर्वाचनका लागि पहिलो ठूलो अवरोध पार गरेका छन्।

यसबाट कम्तीमा पनि यो राज्यमा निर्वाचनअघि विभिन्न मत सर्वेक्षणहरूले बाइडनको पक्षमा मतदाताको झुकाव रहेको देखाएका नतिजाहरू पूर्ण रूपमा विश्वसनीय नरहेको देखिएको छ।

अब ट्रम्पले औद्योगिक “मिडवेस्ट” भनिने राज्यहरूमा अझै पनि आफ्नो प्रभाव कायम रहेको भन्ने देखाउनुपर्नेछ जुन कारणले सन् २०१६ मा उनी राष्ट्रपतिमा निर्वाचित हुन सकेका थिए।

उनले नोर्थ क्यारलाइना र एरिजोनाजस्ता स्थामा पनि जित हासिल गर्नुपर्नेछ। त्यहाँ जो बाइडनले पनि इलेक्टरल कलेजमा जित हासिल गर्न सक्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ०१ बजे

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना