हिमपात प्रतिकार्य योजना तयार « Khabarhub

हिमपात प्रतिकार्य योजना तयार


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– चिसो शुरु भएसँगै रुकुम (पूर्व) मा स्थानीय प्रशासनले हिमपात प्रतिकार्य योजना बनाउन शुरु गरेको छ ।

जिल्लाका धेरैजसो ठाउँमा हिमपात हुने भएकाले हिमपातबाट बच्न प्रतिकार्य योजना बनाउन शुरु गरिएको हो ।

हिमपातबाट प्रभावित नागरिकलाई सहयोग गर्न तथा उद्धारका लागि प्रतिकार्य योजना बनाउन थालिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रुकुम पूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । यहाँ हिमपातको कारण धेरै नागरिक प्रभावित हुने गरेका छन् ।

रुकुम पूर्वमा हिमपात हुने समय नजिकिएसँगै हिमपात प्रतिकार्यका योजना निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले हिमपात प्रतिकार्य योजना तयार पारेको छ ।

जिल्लाको उच्च लेकाली तथा हिमाली क्षेत्रमा हुने हिमपातले उच्च बस्तीमा भएका नागरिक प्रभावित हुने भएपछि विपद् व्यवस्थापन समितिले पहिले नै त्यसको प्रतिकार्यको योजना बनाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

तत्कालै जिल्लास्थित सबै गाउँपालिकाले आ–आफ्नो गाउँपालिका भित्रका हिमपातबाट प्रभावित हुनसक्ने घरधुरीको विवरण सङ्कलन गरी अध्यावधिक गरी पठाउने र प्रभावित हुनसक्ने घरधुरीलाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने निर्णय विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ ।

विपद्मा परेकालाई उद्धारको लागि सुरक्षा निकायका टोली परिचालनको लागि तयारी अवस्थामा राख्ने र सोको परिचालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गर्ने प्रजिअ राईले बताए ।

प्रजिअ राईकाअनुसार जिल्लामा हिमपात पूर्व तयारीको लागि आवश्यक पर्ने स्रोत साधन र बजेटको माग गृह मन्त्रालयमा गरिने छ । यस्तै हिमपात र अन्य विपद्को समयमा पनि खाद्य अभाव हुन नदिन खाद्य संस्थान तथा सरोकारवाला वितरण संस्थाले समयमै खाद्यान्न सामग्री सबै पालिकामा पुर्‍याउने व्यवस्थाको लागि सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले यस जिल्ल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ बमोजिम जिल्लामा हुने र हुन सक्ने सबै खाले विपद् व्यवस्थापन उद्धार र प्रतिकार्यको लागि लुम्बिनी प्रदेश कानून तथा आन्तरिक मामिला मन्त्रालय र गृह मन्त्रालयमा प्राविधिक अनुमान गरी बजेट माग गर्ने प्रजिअ राईले बताए ।

विपद् व्यवस्थापन समितिले विगतका वर्षमै जिल्लाका तीनवटै स्थानीय तहका हिमपात प्रभावित बस्तीको पहिचान गरेको छ । तीनै स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा चिसो र हिमपातले प्रभावित हुनसक्ने बस्तीको पहिचान गरिएको हो ।

रुकुम पूर्वमा हिमपातबाट सबैभन्दा बढी प्रभावित हुने पुथाउत्तरगङ्गा गाउँपालिका हो । पुथाउत्तरगङ्गाका अधिकांश बस्ती बर्सेनी हिमपातबाट प्रभावित हुने गरेका छन् । हिमपातबाट जिल्लाका भूमे र सिस्ने गाउँपालिका पनि प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : २३ बजे

राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ?

काठमाडौं– यतिबेला एमालेको विपक्षी कित्ताबाट अध्यक्ष केपी शर्मा ओलीपछि आलोचनाको

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई

कोशीमा हर्कको माटोले कांग्रेस-एमालेलाई कतिसम्म धक्का देला ?

काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै