महाभारतकी द्रौपदीले पाँच पति कसरी पाइन् ? « Khabarhub

महाभारतकी द्रौपदीले पाँच पति कसरी पाइन् ?


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारतकी अमर पात्र द्रौपदीका पाँच पति थिए । बहुपति प्रथालाई स्वीकार नगर्ने समाजमा द्रौपदीका भने पाँच पति थिए । जसकारण उनी विवादमा पनि तानिइन् ।

शुरुमा द्रौपदीले अर्जुनसँग मात्र विवाह गरे पनि उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग पनि भयो ।

अर्जुनले वनवासमा रहँदा ब्राह्मणको भेष बनाएर द्रौपदीलाई स्वयंबरमा जितेका थिए । त्यतिबेला प्रतिबिम्बमा हेरेर माछाको आँखामा निशान लगाउने परीक्षा जितेपछि द्रौपदी अर्जुनकी भइन् ।

तर अर्जुनका दाइ युधिष्ठिरले पहिला आफ्नो विवाह हुनुपर्ने प्रस्ताव अघि ल्याए । साथै उनले राजकुमारी द्रौपदी सबै पाण्डव भाइकी हुनुपर्ने पनि भने ।

तर द्रौपदीले बहुपतिमा आपत्ति उठाइन् । यता वेदव्यासले उनलाई द्रौपदीको पूर्वजन्मका बारेमा सम्झाएर उनलाई मनाए । उनले पूर्वजन्ममा भगवान् शिवसँग हडबडाएर पाँच वर मागेका कारण पाँच पति पाउने रहस्य रहेको भन्दै सम्झाए ।

पाँचै पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणीग्रहण गरे । पछि पाँचै पाण्डवबाट द्रौपदीले एक एक वर्षको अन्तरालमा एक एक पुत्र जन्माइन् । युधिष्ठिरको प्रतिविन्ध्य, भीमसेनको सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामक छोरा भए ।

हुन त पाण्डवहरूले अन्य पत्नीसँग पनि विवाह गरेका थिए र उनीहरूबाट पनि सन्तान जन्माएका थिए । तर सबैले द्रौपदीलाई महारानी मान्थे ।

द्रौपदी कर्णप्रति पनि आसक्त थिइन् भन्ने गरिन्छ । कर्णले पनि द्रौपदीलाई पाउन नसकेको पीडा द्युतसभामा अपमान गरेर शमन गर्न खोजेका थिए । अर्कातिर महाभारतलाई गहिरो अध्ययन गर्नेहरू द्रौपदीले कृष्णलाई मन पराउने गर्थिन् पनि भन्ने गर्छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  २ : ३२ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।