ट्रम्पले समर्थकलाई सम्बोधन गर्दै भने– मैले चुनाव जितिसकेँ | Khabarhub Khabarhub

ट्रम्पले समर्थकलाई सम्बोधन गर्दै भने– मैले चुनाव जितिसकेँ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मतगणना जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन्। ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गर्दै उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।

‘हामी चुनाव जित्ने तयारी छौँ,’ ट्रम्पले सम्बोधनका क्रममा भनेका छन्, ‘वास्तवमा भन्दा हामीले जितिसकेका छौँ।’

उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन्।

उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ।’

तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन्।

पेनसिलभेनिया, विस्कनसिन, जर्जा, एरिजोना, नेभाडा, नर्थ क्यारोलाइना, मिसिगनसहितका राज्यमा पनि आफूले जितेको उनको दाबी छ ।

एरिजोना र नेभाडामा बाइडेन अघि रहेका छन् । ती राज्यमा मतगणना जारी रहनु पर्ने ट्रम्पले बताएका छन्।

तर आफू अघि रहेका अरु राज्यमा मतगणना रोकिनु पर्ने आशयको वक्तव्य दिएका छन् । उनले आफू पराजित भएमा सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्।

अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि ५३८ इलेक्ट्रोल कलेज मत मध्ये २७० मत प्राप्त गर्नु पर्छ। अहिलेसम्म आएका नतिजा तथा अग्रताहरुमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन साँघुरो अग्रतामा छन्।

फोब्स न्यूजका अनुसार पछिल्लो परिणाम अनुसार बाइडेनले २३८ तथा ट्रम्पले २१३ स्थानमा जित दर्ता गरेका छन् ।

चुनावमा विजयी हुने सम्भावना दुवै उम्मेदवारको रहेको छ । तर ट्रम्पले औपचारिक सम्बोधनमा आफू विजयी भएको घोषणा गरी पराजित भएमा सर्वोच्च अदालत जाने बताएका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  २ : ४७ बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु