कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो  « Khabarhub

कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो 


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर उनलाई काठमाडौं ल्याइएको हो ।

केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि नेता मन्सुर सोमबार वीरगञ्जको एडभान्स अस्पताल गएका थिए ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो ।

पार्टी नेतृत्वको आग्रह पछि थप उपचारका उनलाई बुधबार काठमाडौं ल्याइएको कांग्रेस महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए ।

काठमाडौं ल्याइएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।  उनको स्वास्थ्य स्थिति भने सामान्य नै रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : २६ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने