सांसद केसीसहित म्याग्दीमा थपिए १३ कोरोना संक्रमित « Khabarhub

सांसद केसीसहित म्याग्दीमा थपिए १३ कोरोना संक्रमित


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी- गण्डकी प्रदेशसभाका सदस्य विनोद केसी र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठसहित म्याग्दीका १३ जनालाई बुधबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ।

पोखरास्थित प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा बुधबार बेनी नगरपालिकाका ११, मंगलाका १ र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

बेनी नगरपालिका-७ का १८, ५४, २८ र ३० वर्षीया महिला, २३, ५४, २१, ५२, ८ का वर्षीय ३७ का एक, ५ का ३१ वर्षका एक र २ का ४४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि निर्देशनालयले जनाएको छ।

मंगला गाउँपालिका १ ठेगाना भएका ४८ वर्षीय पुरुष र ठेगाना नखुलेका वर्ष ३३ का अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। ठेगाना नखुलेका संक्रमित दरवाङमा कार्यरत भएको मालिका गाउँपालिकाले जनाएको छ।

बेनी-८ ठेगाना भएका संक्रमित गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी हुन्। यस्तै बेनी-७ ठेगाना भएका संक्रमितमध्ये एक जना नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ हुन्। केसी र श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफूहरुलाई कोरोना पुष्टि भएको जनाएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ पुगेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ३२ बजे

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले