इटहरीमा ३३ बण्डल पटकासहित ३ पक्राउ « Khabarhub

इटहरीमा ३३ बण्डल पटकासहित ३ पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटकासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीले ३३ बण्डल विभिन्न किसिमका पटकासहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मिया रहेका छन्।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मियाको किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार-पसार तथा बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा बुधवार दिउँसो पक्राउ गरेको हो।

पटकासहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानूनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ५८ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको