इटहरीमा ३३ बण्डल पटकासहित ३ पक्राउ « Khabarhub

इटहरीमा ३३ बण्डल पटकासहित ३ पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटकासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीले ३३ बण्डल विभिन्न किसिमका पटकासहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मिया रहेका छन्।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मियाको किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार-पसार तथा बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा बुधवार दिउँसो पक्राउ गरेको हो।

पटकासहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानूनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ५८ बजे

उज्यालो नेपालको चुनावी घोषणापत्र : संघ र प्रदेशका सांसद घटाउनेदेखि ‘नो भोटिङ’सम्म

काठमाडौं– उज्यालो नेपाल पार्टीले भ्रष्टाचार नियन्त्रणदेखि सांसदको संख्या घटाउने र

प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाडौं– सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर