पोखरामा १७९ कोरोना संक्रमित थपिए, ५ को मृत्यु « Khabarhub

पोखरामा १७९ कोरोना संक्रमित थपिए, ५ को मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशको राजधानी पोखरामा थप एकैदिन १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा थप ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एन्ड डाइग्नस्टिकमा गरिएको परीक्षणमा पोखरामा ठुलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पोखरामा मात्रै सक्रिय संक्रमितको संख्या १००० नाघेको छ ।

त्यसैगरी पोखरा महानगरपालिका-३२ का ४२ वर्षीय पुरुष, पोखरा-२६ का ७३ वर्षीय पुरुष, पोखरा-२५ का ५२ वर्षीय पुरुष, पोखरा-१६ का ५९ वर्षीय पुरुष र पोखरा १६ कै २८ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ । योसँगै कास्की जिल्लाभार मृतकको संख्या ३८ पुगेको छ ।

पोखराका १७९ सहित प्रदेशभर भने बुधबार २६४ कोरोना संक्रमित थपिएका छन् ।

अन्य संक्रमितहरुमा स्याङ्जाका २२ जना, तनहुँका १९ जना, नवलपरासी पूर्वका १८ जना, म्याग्दीका १३ जना, लमजुङका ८ जना, गोरखाका ३ जना र पर्वतका २ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ८ हजार २६४ पुगेको छ । तनहुँका पनि एक संक्रमितको मृत्यु भएसँगै प्रदेशभर मृतकको संख्या ९३ पुगेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ४५ बजे

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले