डा. भट्टराईको टिप्पणी : ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी « Khabarhub

डा. भट्टराईको टिप्पणी : ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश प्रतिगमनतिर दौडिरहेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बुधबार साँझ ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफूलाई कोरोना संक्रमण भएको बेला फोन गरेर स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै  नेकपाभित्रको किचलो दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति भएको बताएका छन् ।

‘नेकपाभित्रको किचलो रुपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो,’ उनले भनेका छन्, ‘यो अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको लडाईं हो ।’

उनले ओलीलाई नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडीका रुपमा चित्रित गरेका छन् ।

‘ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेपाली कांग्रेससँग सहकार्य गरे,’ भट्टराईको बुझाई छ, ‘पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ ! अब के ?सबैले सोचौं !’

यस्तो छ डा. भट्टराईले गरेको ट्वीट

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ०१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको