रक्सी खाएर लडेको छोरालाई बोक्सी लगाएको भन्दै बुहारीमाथि कुटपिट ! « Khabarhub

रक्सी खाएर लडेको छोरालाई बोक्सी लगाएको भन्दै बुहारीमाथि कुटपिट !


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – रक्सी खाएर लडेपछि घाइते बनेको छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै बुहारीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गढवाको टोलीले दाङ देउखुरीबाट आफ्नै भाईबुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको कसुरमा जेठाजु तिलकराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत मंसिर १५ गते दिउँसो पीडितका श्रीमान काममा गएका बेला एक्लो पारेर चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्दा स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिकाको कार्यालय पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चौधरीले ४ वर्ष अगाडि देखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकाले सहेर बसेको पीडित महिलाले बताइन्। जेठाजुको छोरा रक्सी खाएर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधि गर्नुको बदला धामीकोमा झारफूक गर्न लगेर आफूलाई बोक्सी लागि भनेर आरोप लगाएको पीडित महिलाले बताइन् ।

चौधरीलाई दाङ—देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : १० बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि