एसी मिलान युरोपा लिगको नकआउटमा « Khabarhub

एसी मिलान युरोपा लिगको नकआउटमा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ ।

बिहिबार राति भएको समूह चरणको खेलमा सेल्टिकलाई ४-२ गोल अन्तरले पराजित गर्दै मिलानले अन्तिम ३२ को यात्रा निश्चित गरेको हो ।

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर मिलानले जित निकालेको हो । खेलको सातौँ मिनेटमा टम रोजिगले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए ।

१४औँ मिनेटमा ओडसोनी एडोवार्डले गोल गर्दै सेल्टिकलाई २-० को अग्रता दिलाए । तर, २४औँ मिनेटमा हाकनले गोल गर्दै मिलानलाई २-१ को स्थितिमा ल्याए ।

२६औँ मिनेटमा मिलानका सामुएल कास्टिललेजोले गोल गरेपछि पहिलो हाफ २-२ गोलको बराबरीमा सकियो ।

खेलको ५०औँ मिनेटमा जेन्स पिटरले गोल गर्दै मिलानलाई ३-२ को अग्रता दिलाए । ८२औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई ४-२ को जित दिलाए ।

जितसँगै समूह एचमा रहेको मिलानले ५ खेलमा १० अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : १५ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती