धमाधम हुँदैछ ‘परदेशी २’ को छायांकन « Khabarhub

धमाधम हुँदैछ ‘परदेशी २’ को छायांकन


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस फैलिन सक्ने भन्दै नेपालमा गरिएको लकडाउनका कारण लामो समय रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन यतिबेला धमाधम भइरहेको छ ।

दिलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका रहने यो फिल्मको एक दिनको छायांकन चितवनमा गरेर निर्माण टिम काठमाडौं फर्किएको छ ।

यसअघि फिल्मको छायांकन पाल्पाका विभिन्न स्थानमा गरिएको थियो । केकी अधिकारी, प्रकाश सपूत, दिलिप रायमाझी लगायत कलाकार पाल्पा पुगेका थिए ।

फिल्मको छायांकनका लागि वर्षा अमेरिकाबाट नेपाल आएकी छिन् । दशैं लगत्तै उनी अमेरिका उडेकी थिइन् ।

नारायण रायमाझीले निर्देशन गर्ने यो फिल्ममा सामाजिक विषयवस्तु समेटिनेछ । अब फिल्मको गीत छायांकन गर्ने निर्माण टिमले योजना बनाएको छ ।

यसअघि फिल्म ‘परदेशी’ रिलिज भएको थियो । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया कमाएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  २ : ३० बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई