यी तीन चीज, जसलाई यौनभन्दा बढी महत्त्वपूर्ण मान्छिन् कियारा « Khabarhub

यी तीन चीज, जसलाई यौनभन्दा बढी महत्त्वपूर्ण मान्छिन् कियारा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट बलिउडमा आफ्नो करिअर शुरु गरेकी कियारा आडवाणी ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आइन् ।

फिल्ममा उनले निभाएको भूमिकाले स्टार बनायो । उनी पछिल्लो समय चल्तीकी अभिनेत्रीमा गनिन्छिन् । कियाराका फ्यान फलोइङ पनि उत्तिकै छन् ।

यतिबेला कियाराको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनले यौनका बारेमा कुरा गरेकी छिन् । ट्वीक इन्डियाले शेयर गरेको भिडियोमा कियाराले यौनभन्दा महत्त्वपूर्ण लाग्ने तीन कुराबारे बताएकी छिन् ।

कियारालाई सवाल गरियो कि, यदि उनलाई कुनै कीरा बन्नुपर्‍यो भने के बन्न चाहनुहुन्छ ?

यसको जवाफमा उनले भनिन्, ‘म झुसिलकीरा बन्छु, ताकि म पुतली बन्न सकुँ ।’

उनलाई सोधियो, ‘ती तीन चीज, जसलाई तपाईं सेक्सभन्दा बढी महत्त्वपूर्ण मान्नुहुन्छ ?’

यसको जवाफमा उनले शानदार पिज्जा, शपिङ र एक राम्रो फिल्म सेक्सभन्दा पनि बढी महत्त्वपूर्ण लाग्ने बताइन् ।

कियारालाई अर्को प्रश्न सोधियो कि, के उनी कुनै समय मृत्युको नजिक गएर बाँचेकी थिइन् ?

यसबारेमा कियाराले एक घटना सुनाइन् । उनका अनुसार कलेज समयमा उनी एक ट्रिपमा गएकी थिइन् । त्यो बेला उनको कोठामा आगो लागेको थियो । त्यो निकै डरलाग्दो समय थियो । र, ज्यान पनि जान सक्थ्यो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ३ : ५७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र