तनावको बाबजुद चीन कम्युटर चिप्सका लागि ताइवानी कम्पनीमा निर्भर « Khabarhub

तनावको बाबजुद चीन कम्युटर चिप्सका लागि ताइवानी कम्पनीमा निर्भर


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ– चीनले ताइवानलाई विभिन्‍न मुलुकसँग सम्बन्ध कायम गरेको र कूटनीतिक सहकार्य भएको भन्दै चेतावनी दिँदै आएको छ । तर, ताइवानले भने चीनलाई आफू स्वतन्त्रमुलुक भएको र आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

यही कारण ताइपेई र बेइजिङबीच तनाव बढ्दै गइरहेको छ । यस्तो असमानता र तनावका बाबजुद चिनियाँ टेक्नोलोजी कम्पनीले ताइवानमा बनेको कम्प्युटर चिप्स वा सेमीकन्डक्टरको अर्डर बढाएको छ ।

भ्वाइस अफ अमेरिकको एक रिपोर्ट अनुसार ताइवानले जुलाईमा यस वर्षको सेप्टेम्बरदेखि निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । विज्ञहरुले ताइवानको प्रविधि व्यवसायबाट बढेको चिनियाँ मागको परिणाम एकाएक ६ प्रतिशत निर्यात बढेको हो ।

एलिसिया गार्सिया हेरेरो फ्रान्सेली लगानी बैंक नाटिक्सिसका एक प्रमुख एशिया-प्रशान्त अर्थशास्त्री हुन् । उनले भनिन्, “उनीहरुलाई थाहा छ, चिनियाँ कम्पनीहरु अझै पनि कम्तिमा पनि ५ जीको लागि आवश्यक उच्चतम-सेमीकन्डक्टर उत्पादन गर्न सक्षम छैनन् ।” ताइवानले उच्च-स्तरीय सेमीकन्डक्टरहरू बनाउँछ र यस क्षेत्रमा ताइवानको सेमिकन्डक्टरले कब्जा जमाएको छ ।

ताइवान कम्पनीहरुले विश्वका उच्चतम कम्प्युटर चिप्सहरू उत्पादन गर्दछ । तर विगत चार वर्षको अवधिमा ताइवानले कम्पनीहरूलाई चिनियाँ बजारमा कम निर्भर हुन आग्रह गरेको छ ।

दुई देशहरू ७० वर्षभन्दा बढी समयदेखि एक राजनीतिक विवादमा छन् । चिनियाँ व्यवसायहरू परम्परागत रूपमा पछिल्लो टेक्नोलोजीको लागि क्यालिफोर्नियाको सिलिकन भ्यालीमा निर्भर रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ४ : ०० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग