वीर अस्पतालका आन्दोलनरत कर्मचारी र प्रशासनबीच ५ बुँदे सहमति « Khabarhub

वीर अस्पतालका आन्दोलनरत कर्मचारी र प्रशासनबीच ५ बुँदे सहमति


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वीर अस्पतालका आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनका पदाधिकारीबीच सहमति भएको छ । आन्दोलनको ४६ औं दिनमा आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएको हो ।

अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार सहमतिपछि विरोधका सबै कार्यक्रम स्थगित गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र आदोलनरत कर्मचारीबीच भएको सहमति कार्यान्वयन हुन भने ६ हप्ता लाग्ने जानकारी दिए ।

यस्तो छ ५ बुँदे सम्झौता

१.मागमा सम्बन्धमा कोभिड भत्ता वितवरणमा देखिएका त्रुटि सम्बोधनमा अस्पताल प्रशासन र आन्दोलरत पक्षको प्रतिनिधि समेतको समिति बनाई समानूपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने । कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने । कर्मचारीहरूले पाउने आ.व ०७६/०७७ को औषधि खरिद खर्च कार्यकारी परिषद्बाट निर्णय गरी आगामी ७ दिनमा उपलब्ध गराउने । सेवा विस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने ।

२.अस्पतालका पूर्ववत् सेवाहरूसहित थप सेवाहरू अझै प्रभावकारी रूपले सञ्चालन गर्ने ।

३. प्रतिष्ठानमा सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने ।

४. सम्मानित सर्वोच्च अदालतको फैसाला बमोजिमः

क) चि.वि.रा.प, राष्ट्रिय ट्रमा सेन्टरलाई चि.वि.रा.प्र वीर अस्पतालअन्तर्गत रहने गरी भएको निर्णय कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष अनुरोध गर्ने ।

ख) प्रतिष्ठानमा कार्यरत कर्मचारीको वृत्ति विकास चि.वि. र.प्र ( कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली बमोजिक गराउने ।

५.उपरोक्त बुँदाहरूमा उल्लेखित सहमति बमोजिमको कार्यान्वन्यका लागि आजैका मितिबाट बन्द ताला खोली ६ हप्ता सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ०४ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने