टी-२० क्रिकेट : अष्ट्रेलियाविरुद्ध भारत ११ रनले विजयी « Khabarhub

टी-२० क्रिकेट : अष्ट्रेलियाविरुद्ध भारत ११ रनले विजयी


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा भारत विजयी भएको छ ।

भारतले शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टिमलाई ११ रनले हराएको हो ।

१६२ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सकेपछि भारत ११ रनले विजयी भएको हो ।

आक्रामक सुरुआत गरेपनि लगातार विकेट गुमाएपछि दबाबमा आएको अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए ।

भारतका युजभेन्द्र चहाल र टी नटराजनले समान ३/३ विकेट लिए ।

यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

लोकेश राहुलले ४० बलमा ५१ तथा रविन्द्र जडेजाले २३ बलमा अविजित रहँदै ४४ रन जोडे । अष्ट्रेलियाका मइसेस हेन्रिक्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

जितसँगै भारतले तीन खेलको टी–२० शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार सिड्नीमा हुनेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय शृंखलामा अष्ट्रेलिया २–१ ले विजयी भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ३१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति