टी-२० क्रिकेट : अष्ट्रेलियाविरुद्ध भारत ११ रनले विजयी « Khabarhub

टी-२० क्रिकेट : अष्ट्रेलियाविरुद्ध भारत ११ रनले विजयी


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा भारत विजयी भएको छ ।

भारतले शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टिमलाई ११ रनले हराएको हो ।

१६२ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सकेपछि भारत ११ रनले विजयी भएको हो ।

आक्रामक सुरुआत गरेपनि लगातार विकेट गुमाएपछि दबाबमा आएको अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए ।

भारतका युजभेन्द्र चहाल र टी नटराजनले समान ३/३ विकेट लिए ।

यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

लोकेश राहुलले ४० बलमा ५१ तथा रविन्द्र जडेजाले २३ बलमा अविजित रहँदै ४४ रन जोडे । अष्ट्रेलियाका मइसेस हेन्रिक्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

जितसँगै भारतले तीन खेलको टी–२० शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार सिड्नीमा हुनेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय शृंखलामा अष्ट्रेलिया २–१ ले विजयी भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ३१ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा