नेकपा विवादको निकास बैठकबाटै निकाल्नुपर्छ, ओलीले भाग्न मिल्दैन : नेतृ शाक्य « Khabarhub

नेकपा विवादको निकास बैठकबाटै निकाल्नुपर्छ, ओलीले भाग्न मिल्दैन : नेतृ शाक्य


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् ।

कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ दिने अनि छलफलमा सहभागी हुन्न भनेर ओलीले भाग्न नमिल्ने उनको तर्क छ । दुई अध्यक्षको फरक–फरक प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा नजाने उनले दाबी गरिन ।

यसैबीच नेतृ शाक्यले राष्ट्रपतिले दलहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताइन ।

‘पार्टीको आन्तरिक मामिलामा राष्ट्रपतिले हस्तक्षेप गर्नु हुँदैन,’ पछिल्लो समय राष्ट्रपतिको भूमिका सक्रिय हुँदै गएको विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा नेतृ शाक्यले भनिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले पार्टीमा विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट बाक्लो पार्ने गरेका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : २१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।