नेकपा विवादको निकास बैठकबाटै निकाल्नुपर्छ, ओलीले भाग्न मिल्दैन : नेतृ शाक्य | Khabarhub Khabarhub

नेकपा विवादको निकास बैठकबाटै निकाल्नुपर्छ, ओलीले भाग्न मिल्दैन : नेतृ शाक्य


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् ।

कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ दिने अनि छलफलमा सहभागी हुन्न भनेर ओलीले भाग्न नमिल्ने उनको तर्क छ । दुई अध्यक्षको फरक–फरक प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा नजाने उनले दाबी गरिन ।

यसैबीच नेतृ शाक्यले राष्ट्रपतिले दलहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताइन ।

‘पार्टीको आन्तरिक मामिलामा राष्ट्रपतिले हस्तक्षेप गर्नु हुँदैन,’ पछिल्लो समय राष्ट्रपतिको भूमिका सक्रिय हुँदै गएको विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा नेतृ शाक्यले भनिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले पार्टीमा विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट बाक्लो पार्ने गरेका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : २१ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय