सुनको मूल्य प्रतितोला १ हजार बढ्यो « Khabarhub

सुनको मूल्य प्रतितोला १ हजार बढ्यो


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार(आज) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेको छ । बढेको मूल्यसँगै प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

बुधबार र बिहीबारस्थिर रहेको सुनको मूल्य शुक्रबार एकै दिन तोलामा १ हजार बढेर प्रति तोला ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबार फेरि एकै दिन तोला १ हजार बढेर प्रतितोला ७५ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ हजार रुपैयाँ बढेर नेपालको इतिहासमा सबैभन्दा महँगो अर्थात रेकर्ड ब्रेक गरेको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य ७५ हजार २ सय कायम भएको छ । यस भन्दा अगाडि गत भदौ ९ गते सुनको मूल्य तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि बजारमा घटेर ७० हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : ०७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको