भारतीय कारमा गाँजा तस्करी गर्ने २ नेपाली पक्राउ « Khabarhub

भारतीय कारमा गाँजा तस्करी गर्ने २ नेपाली पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– भारतीय कारमा लागू औषध गाँजा तस्करी गर्ने २ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कारमा गाँजा तस्करी गर्ने २ जना नेपालीलाई पक्राउ गरेको हो ।

निश्चित समयका लागि बाटो इजाजत लिएर नेपाल ल्याइएको भारतीय नम्बर प्लेट बीआर–०६–बीजी ९५१२ को कारमा २१ किलो गाँजा लुकाएर लैजाने क्रममा २ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कारका चालक धनुषाको मुख्यापट्टी गाउँपालिका–६ घर भएका ४२ वर्षीय अशोक कुमार यादव र कारमा सवार मकवानपुरको मनहरी गाउँपालिका–९ घर भएका ४० वर्षीय मोक्तान छन् ।

प्रहरीका अनुसार उनीहरुले यसअघि पनि विभिन्न सवारी साधन प्रयोग गरी गाँजा तस्करी गर्दै आइरहेका थिए ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १ : ३४ बजे

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले

खाडी जान लागेका कामदारहरू भन्छन्, साथीहरूले नआऊ भन्छन्, नजाऊ जागिर खोसिने डर छ

काठमाडौं– छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न