उच्च तहका प्रहरी अधिकृतले अब जवानको मेसमा खाना खानुपर्ने « Khabarhub

उच्च तहका प्रहरी अधिकृतले अब जवानको मेसमा खाना खानुपर्ने


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने निर्देशन जारी गरेका छन् ।

संठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद रहेको गुनासो बढ्दै गएका बेला डिआइजी पोखरेलले माथिल्लो तहका प्रहरी अधिकृतहरुले पनि तल्लो तहका प्रहरी कर्मचारीको दैनिकीप्रति जानकार रहनुपर्ने बताएका हुन् ।

डिआइजी पोखरेलले माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरुले हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने पनि निर्देशन जारी गरेका छन् ।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षणमा निस्किएका डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताएका छन् ।

डिआइजी पोखरेलले संगठन भित्रका समस्याहरुलाई बाहिरी प्रचारको विषय नबनाउन पनि प्रहरी कर्मचारीलाई सचेत गराएका छन् ।

डिआइजी पोखरेलले जनतालाई प्रवाह गर्ने सेवा निष्पक्ष, समान र सम्मानजनक हुनुपर्ने पनि बताए ।

प्रहरी कर्मचारीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै डिआइजी पोखरेलले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।

डिआइजी पोखरेलले आफ्नो गलत स्वार्थ र गलत आचरणका कारण जानी जानी गल्ती गर्ने प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने चेतावनी समेत दिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १ : ४९ बजे

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १

नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

कैलाली– नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने