त्रिविबाट हट्ने भयो प्रहरी चौकी | Khabarhub Khabarhub

त्रिविबाट हट्ने भयो प्रहरी चौकी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  त्रिभुवन विश्वविद्यालय परिसरभित्र निर्माण भई सञ्चालनमा रहेको प्रहरी चौकी हटाइने भएको छ ।

त्रिविमा प्रहरी चौकी राखेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको थियो ।

त्रिवि हाताबाट प्रहरी चौकी तत्कालै हटाउने विषयमा आन्दोलनरत नेपाल विद्यार्थी संघ र त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयबीच सहमति भएको हो ।

नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरबीच आइतबार भएको सहमतिपत्रमा प्रहरी चौकी त्रिवि हाताबाट तत्काल हटाउने जनाइएको छ ।

त्यस्तै स्ववियु निर्वाचन फागुनभित्र गर्नका लागि एक साताभित्र मिति तोक्ने र निर्वाचन कार्यतालिका एक महिना अघि सार्वजनिक गर्नुपर्ने सहमतिपनि नेविसंघसँग त्रिविले गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : २६ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न