जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध « Khabarhub

जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको प्रमुख सडकका रुपमा रहेको जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध भएको छ ।

सो सडकखण्ड थप चौडाइ गर्ने लगायतका निर्माण कार्य भइरहेका कारण दुई दिन परेको वर्षाको पानीले सडकमा जम्मा गरिएका माटोहरु हिलोमा परिणत भई यातायातका साधन चलाउन नसकिने अवस्था भएपछि दुई दिनदेखि सडकखण्ड अवरुद्ध भएको हो ।

जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म जम्मा १३ वटा सार्वजनिक यातायातका साधन बस सेवा चल्दै आएकामा दुई दिनदेखि १३ वटै बस नचलेको बस व्यवसायीले जनाएका छन् ।

उनीहरुले वर्षाले गर्दा हिलैहिलो भएको सडकमा बस चलाउँदा पार्टपुर्जाहरु टु्ट्ने, बिग्रने र दुर्घटना हुने सम्भावना रहेकाले बस चलाउन बन्द गरिएको बताएका छन् । बसलगायत कुनै सार्वजनिक सवारीसाधन नचल्दा त्यस भेगका करिब १० वटा स्थानीय तहका हजारौँ यात्रु मारमा परेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै