जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध « Khabarhub

जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको प्रमुख सडकका रुपमा रहेको जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध भएको छ ।

सो सडकखण्ड थप चौडाइ गर्ने लगायतका निर्माण कार्य भइरहेका कारण दुई दिन परेको वर्षाको पानीले सडकमा जम्मा गरिएका माटोहरु हिलोमा परिणत भई यातायातका साधन चलाउन नसकिने अवस्था भएपछि दुई दिनदेखि सडकखण्ड अवरुद्ध भएको हो ।

जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म जम्मा १३ वटा सार्वजनिक यातायातका साधन बस सेवा चल्दै आएकामा दुई दिनदेखि १३ वटै बस नचलेको बस व्यवसायीले जनाएका छन् ।

उनीहरुले वर्षाले गर्दा हिलैहिलो भएको सडकमा बस चलाउँदा पार्टपुर्जाहरु टु्ट्ने, बिग्रने र दुर्घटना हुने सम्भावना रहेकाले बस चलाउन बन्द गरिएको बताएका छन् । बसलगायत कुनै सार्वजनिक सवारीसाधन नचल्दा त्यस भेगका करिब १० वटा स्थानीय तहका हजारौँ यात्रु मारमा परेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : ५७ बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले