२१ किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

२१ किलो गाँजासहित दुई जना पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट २१ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ का ४० वर्षीय राजकुमार मोक्तान र धनुषाको मुखियापट्टी गाउँपालिका–६ का ४२ वर्षीय अशोककुमार यादवलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले गाँजा र बीआर ०६ बीजी ९५१२ नम्बरको भारतीय कारसहित गरेको जनाइएको छ ।

मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको उक्त कार जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको पाँच प्याकेटमा गाँजा फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ६ : २१ बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले