२१ किलो गाँजासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

२१ किलो गाँजासहित दुई जना पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट २१ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ का ४० वर्षीय राजकुमार मोक्तान र धनुषाको मुखियापट्टी गाउँपालिका–६ का ४२ वर्षीय अशोककुमार यादवलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले गाँजा र बीआर ०६ बीजी ९५१२ नम्बरको भारतीय कारसहित गरेको जनाइएको छ ।

मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको उक्त कार जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको पाँच प्याकेटमा गाँजा फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ६ : २१ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न