गृहमन्त्री थापा चीन प्रस्थान « Khabarhub

गृहमन्त्री थापा चीन प्रस्थान


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।

चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइबार बेइजिङ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ । उनको टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै