न्याय दिलाउनुको सट्टा प्रहरीले उल्टै घुस मागेपछि… « Khabarhub

न्याय दिलाउनुको सट्टा प्रहरीले उल्टै घुस मागेपछि…


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामान्यतया : आम नागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ ।

तर प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहला । यस्तै भएको छ, एक सेवाग्राहीलाई । ठगीमा परे भन्दै प्रहरी समक्ष पुगेका एक सेवाग्राहीसँग उल्टै घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा काठमाडौँका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महाशाखामा दर्ता रही जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानूनबमोजिम पक्राउ गर्नुपर्नेमा त्यसो नगरी ठगी भएको रकम असुल गराउने वातावरण मिलाइदिएवापत थापाले सेवाग्राहीसँग रु ४० हजार घुस मागेको आयोगको भनाइ छ ।

आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले प्रहरी निरीक्षक थापालाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरित ठगी मुद्दामा ठगी भएको रकम उठाइदिन वकिललाई दिनुपर्ने रकम भनी पीडितबाट पैसा मागेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

आयोगले बिगो अनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ०० बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर