अमेरिका-इरान तनावबारे चीन र रुसबीच छलफल | Khabarhub Khabarhub

अमेरिका-इरान तनावबारे चीन र रुसबीच छलफल


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको छ ।

अमेरिकी सेनाको विशेष कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यस बाहिर पनि यस विषयमा व्यापक चर्चा चलेको छ ।

उक्त घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको तथा अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको हो । उनीहरुबीच इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गरेको समाचारमा जनाइएको छ । यस घटनाले आफूहरुको ध्यानाकर्षण हुन पुगेको उनीहरुले आपसमा कुराकानी गरेको जनाइएको छ ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ ।

उक्त अमेरिकी आक्रमणपछि इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो ।

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल सुलेमानी मारिएपछि उनले अमेरिकाका विरुद्ध बदला लिने बताएका हुन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानमाथि नै कडा हमला गर्ने बताएका छन् ।

उनले सो चेतावनी दिँदै भने,“इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे त्यस विरुद्धको जवाफी आक्रमण गर्न अमेरिका तयार छ र इरानका महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको छ ।”

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ०० बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको