युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः अध्यक्ष थापा « Khabarhub

युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः अध्यक्ष थापा


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि पनि युवापिँढी बाहिरिनुपर्ने बाध्यता रहेको बताए ।

“झण्डै ५० प्रतिशत युवा जमात बेरोजगारी समस्याले मुलुक बाहिर छ ।” थापाले भने, “क्रियाशील जनशक्ति बाहिरिएर समृद्ध नेपाल बन्न सक्दैन ।”

उनेले सरकारले संवैधानिक र कूटनीतिक निकायलाई नियन्त्रण गर्न खोजेको आरोपसमेत लगाए । मुलुकमा ठूला भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सरकारको ध्यान नजाँदा भ्रष्टाचारीलाई प्रोत्साहन मिलेको धारणा राखेका थिए ।

“दल, ठूला व्यापारी र कर्मचारीको मिलेमतोमा ठूला भ्रष्टाचार हुँदैछन्”, उनले भने, “प्रतिपक्षी दल पनि यसबाट अछुतो छैन ।”

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : २४ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक