प्रत्येक युवतीले आफ्नो हुनेवाला पार्टनरमा खोज्ने ७ गुण « Khabarhub

प्रत्येक युवतीले आफ्नो हुनेवाला पार्टनरमा खोज्ने ७ गुण


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मानिसको चाहना असिमित हुन्छ । कुनै एक वस्तुको खरिद गर्दा पनि त्यसको गुण अवगुण बुझेर सामान तौलेर सहि लागे मात्र लिने गरिन्छ ।

यस्तोमा आफ्नो पार्टनरमा हुने गुणका बारेमा हरेक मानिस सजग हुने गर्दछन् । उसको ब्यक्तित्व, क्षमता र विगतका साथै मानिसले उसमा केहि विशेष गुणहरु खोज्ने गर्दछन् ।

अझ यस मामलामा युवतीहरु निकै सजग हुन्छन् । युवती आफ्नो पार्टनरमा निम्न ७ गुण खोज्ने गर्दछन् ।

१. स्मार्ट तथा गुड लुकिङ

झट्ट हेर्दा जो कोहिलाई गुड लुकिङ र स्मार्ट मानिस नै मन पर्छ । तसर्थ हरेक युवती आफ्नो हुनेवाला पार्टनर आकर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् ।

२. केयरिङ गर्ने

कुनै पनि युवतीले आफ्नो पार्टनरमा आफ्नो पिताको छवि होस् भन्ने चाहान्छन् । पिताको छवि यस कारण कि उनिहरु आफ्नो सन्तानको निकै धेरै केयर गर्दछन् ।

उनले खाए नखाएको वा बिरामी भएको सबैमा पिताको चासो रहन्छ। तसर्थ युवतीले आफ्नो पार्टनरमा केयरिङ गर्ने स्वभाव भए नभएको हेर्ने गर्दछन् ।

३. आर्थिक सबल

धनी केटा युवतीको रोजाइमा पर्छ भन्ने आरोप छ । तर अधिकाशं अवस्थामा यो सत्य नै हो । किनकी अभावमा भएकासंग जीवन बिताउनु भन्दा शुरुवातमा आर्थिक सबल भएको पार्टनरलाई युवतीले महत्व दिन्छन् ।

जसका कारण विवाह पश्चात आर्थिक रुपले कुनै असुरक्षा झेल्न नपरोस् भन्ने उनीहरुको चाहना हुन्छ ।

४. राम्रो रोजगार

हरेक मानिसको चाहना हुन्छ, कुनै राम्रो जागिर खाने । अझ यस्तोमा कोहि आफन्तले राम्रो जागिर खाएको छ भने हामी त्यसलाई उदाहरणीय बनाउँछौ ।

यस्तोमा युवतीहरु आफ्नो पार्टनरले राम्रो जागिर खाएको होस् भन्ने चाहना राख्दछन्।

राम्रो जागिर भएमा कमाई, तथा लाइफस्टाइल राम्रो हुने उनीहरुको बुझाइ रहने गरेको छ ।

५. रोमान्टिक

अक्सर महिलालाई आफ्नो पार्टनर रोमान्टिक होस् भन्ने चाहाना हुन्छ। गम्भीर, चिन्तित वा भावुक पार्टनर युवतीले रुचाउँदैनन् । उनीहरु पार्टनरले घरी घरी ख्यालठट्टा गरोस्, रमाइलो माहौल बनाओस्, सरप्राइज दिओस् भन्ने चाहना हुन्छ ।

६. परिवारमा समय दिने

प्राय युवतीहरु आफ्नो पार्टनरले आफुलाई प्रशस्त समय दिउन् भन्ने चाहना राख्दछन् । कामकाजी पुरुषहरु कार्यालयको काम वा करियर बनाउने नाममा घर परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । तर यस्ता पुरुषलाई युवतीले खासै मन पराउँदैनन् ।

७. समझदार

हरेक युवती आफ्नो पार्टनरमा समझदारीको गुण होस् भन्ने चाहान्छन् । पार्टनर समझदार भएमा मात्र आफ्नो भावना बुझ्ने उनीहरुको तर्क रहने गरेको छ । साधारण बिषयमा पनि शंका गर्ने वा किचकिच गर्ने पुरुष युवतीको रोजाईमा पर्दैनन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : ३० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच