प्रत्येक युवतीले आफ्नो हुनेवाला पार्टनरमा खोज्ने ७ गुण « Khabarhub

प्रत्येक युवतीले आफ्नो हुनेवाला पार्टनरमा खोज्ने ७ गुण


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मानिसको चाहना असिमित हुन्छ । कुनै एक वस्तुको खरिद गर्दा पनि त्यसको गुण अवगुण बुझेर सामान तौलेर सहि लागे मात्र लिने गरिन्छ ।

यस्तोमा आफ्नो पार्टनरमा हुने गुणका बारेमा हरेक मानिस सजग हुने गर्दछन् । उसको ब्यक्तित्व, क्षमता र विगतका साथै मानिसले उसमा केहि विशेष गुणहरु खोज्ने गर्दछन् ।

अझ यस मामलामा युवतीहरु निकै सजग हुन्छन् । युवती आफ्नो पार्टनरमा निम्न ७ गुण खोज्ने गर्दछन् ।

१. स्मार्ट तथा गुड लुकिङ

झट्ट हेर्दा जो कोहिलाई गुड लुकिङ र स्मार्ट मानिस नै मन पर्छ । तसर्थ हरेक युवती आफ्नो हुनेवाला पार्टनर आकर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् ।

२. केयरिङ गर्ने

कुनै पनि युवतीले आफ्नो पार्टनरमा आफ्नो पिताको छवि होस् भन्ने चाहान्छन् । पिताको छवि यस कारण कि उनिहरु आफ्नो सन्तानको निकै धेरै केयर गर्दछन् ।

उनले खाए नखाएको वा बिरामी भएको सबैमा पिताको चासो रहन्छ। तसर्थ युवतीले आफ्नो पार्टनरमा केयरिङ गर्ने स्वभाव भए नभएको हेर्ने गर्दछन् ।

३. आर्थिक सबल

धनी केटा युवतीको रोजाइमा पर्छ भन्ने आरोप छ । तर अधिकाशं अवस्थामा यो सत्य नै हो । किनकी अभावमा भएकासंग जीवन बिताउनु भन्दा शुरुवातमा आर्थिक सबल भएको पार्टनरलाई युवतीले महत्व दिन्छन् ।

जसका कारण विवाह पश्चात आर्थिक रुपले कुनै असुरक्षा झेल्न नपरोस् भन्ने उनीहरुको चाहना हुन्छ ।

४. राम्रो रोजगार

हरेक मानिसको चाहना हुन्छ, कुनै राम्रो जागिर खाने । अझ यस्तोमा कोहि आफन्तले राम्रो जागिर खाएको छ भने हामी त्यसलाई उदाहरणीय बनाउँछौ ।

यस्तोमा युवतीहरु आफ्नो पार्टनरले राम्रो जागिर खाएको होस् भन्ने चाहना राख्दछन्।

राम्रो जागिर भएमा कमाई, तथा लाइफस्टाइल राम्रो हुने उनीहरुको बुझाइ रहने गरेको छ ।

५. रोमान्टिक

अक्सर महिलालाई आफ्नो पार्टनर रोमान्टिक होस् भन्ने चाहाना हुन्छ। गम्भीर, चिन्तित वा भावुक पार्टनर युवतीले रुचाउँदैनन् । उनीहरु पार्टनरले घरी घरी ख्यालठट्टा गरोस्, रमाइलो माहौल बनाओस्, सरप्राइज दिओस् भन्ने चाहना हुन्छ ।

६. परिवारमा समय दिने

प्राय युवतीहरु आफ्नो पार्टनरले आफुलाई प्रशस्त समय दिउन् भन्ने चाहना राख्दछन् । कामकाजी पुरुषहरु कार्यालयको काम वा करियर बनाउने नाममा घर परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । तर यस्ता पुरुषलाई युवतीले खासै मन पराउँदैनन् ।

७. समझदार

हरेक युवती आफ्नो पार्टनरमा समझदारीको गुण होस् भन्ने चाहान्छन् । पार्टनर समझदार भएमा मात्र आफ्नो भावना बुझ्ने उनीहरुको तर्क रहने गरेको छ । साधारण बिषयमा पनि शंका गर्ने वा किचकिच गर्ने पुरुष युवतीको रोजाईमा पर्दैनन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : ३० बजे

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको

विपिन-मिरुनाको जोडीसँग उपेन्द्र सुब्बा फर्किँदै, ‘बखत्ते’को शुभमुहूर्त

काठमाडौं– ‘जारी’ र ‘जारी २’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका

वडा अधिवेशन रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकताको प्रयास हुन्छ : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशन

नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो : अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध