१८० यात्रु लिएर उड्न लागेको विमानमा बम भएको हल्ला फैलिएपछि… « Khabarhub

१८० यात्रु लिएर उड्न लागेको विमानमा बम भएको हल्ला फैलिएपछि…


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको नयाँ दिल्लीबाट मुम्बइको लागि उड्न लागेको इण्डिगो एयरको विमानमा बम रहेको हल्ला फैलिएपछि विमान चढेका यात्रुबीच हंगामा मच्चियो ।

घटना गत आइतबारकाे हो । विमानमा कसैल बम रहेको भन्ने सूचना दिएपछि विमान चढिसकेका यात्रुलाई विमानमाबाट उतारिएको थियो । सुरक्षाकर्मीले सुरक्षा जाँचको लागि सबै लगेजलाई बाहिर निकालेका थिए । सुरक्षा चेकजाँचका क्रममा त्यहाँ बम नभएको पुष्टि  भयो । उक्त सूचना गलत भएको सावित भए पछि सूचना दिन मानिसको प्रहरीले खोजी जारी राखेको छ ।

विमानस्थलका एक अधिकारीले जनाएअनुसार इण्डिगोको दिल्लीबाट मुम्बइको उडान भर्न लागेको ६ इ–८४३ मा विमानमा बम भएको सूचना इण्डिगो कार्यालयलाई प्राप्त भएको  थियो । विमानमा बम भएको सूचना कार्यालयलाई प्राप्त हुनासाथ विमान कम्पनीले विमानस्थललाई यस विषयमा जानकारी गराएको थियो ।

जब विमानस्थलले सूचना पायो केही बेर विमानको उडान रोकेर सुरक्षा चेकजाँच थालिएको थियो । बमको हल्लाले यात्रुबीच कोलाहल मच्चिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ०९ बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ